वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरमा भारतबाट अवैध रूपमा भित्र्याइएका कुखुरा नष्ट गरिएको छ । बेलौरीबाट प्रहरीले भारतीय अबैध बोइलर कुखुरा बरामद गरेर नष्ट गरेको हो ।
बिहीबार राती इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले वडानम्बर–६ विद्यानगरबाट अवैध बोइलर कुखुरा बरामद गरेको थियो ।
बेवारिसे अवस्थामा झण्डै १३० किलोग्राम भारतीय बोइलर कुखुरा बरामद गरेर नष्ट गरिएको छ ।
बरामद गरिएका २६ हजार मूल्य बराबरका ५१ वटा कुखुरालाई पशु क्वारेनटाइन बेलौरी, जनप्रतिनिधि, स्थानीयको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij