Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बाबुरामको प्रश्न- प्रधानमन्त्री, प्रधानन्यायाधीशभन्दा सभामुख कसरी तल ?

बाबुरामको प्रश्न- प्रधानमन्त्री, प्रधानन्यायाधीशभन्दा सभामुख कसरी तल ?

  • 1.3K
    SHARES
  • बाबुरामको प्रश्न- प्रधानमन्त्री, प्रधानन्यायाधीशभन्दा सभामुख कसरी तल ?

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको पदीय मर्यादाक्रमलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।

    images

    जननिर्वाचित शासन प्रणालीमा राज्यका सबै अंगभन्दा व्यवस्थापिका सबैभन्दा माथि रहनुपर्नेमा प्रधानमन्त्री र प्रधानन्यायाधीशबाट यसको मानमर्दन भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको दाबी छ ।   

    ‘लोकतन्त्र जनताद्वारा जनताको निम्ति जनताको शासन हो भने जननिर्वाचित व्यवस्थापिका राज्यका सबै अंगभन्दा माथि हुनुपर्ने हैन ?’ व्यवस्थापिकाले नै कार्यपालिका र न्यायापालिका प्रमुख चुन्ने संवैधानिक व्यवस्था भएको भएकाले प्रधानन्यायाधिशले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको ठहर गर्दै डा. भट्टराईले प्रश्न गरेका छन्, ‘उसैद्वारा गठित कार्यपालिका प्रमुखले कसरी उसको विघटन गर्नसक्छ ? उसैबाट अनुमोदित न्यायपालिकाले कसरी उसको भाग्यको फैसला गर्नसक्छ ? प्रम र प्रन्याभन्दा स्पिकर कसरी तल ?’

    सभामुख सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमबारे परामर्श लिन सत्तारुढ पक्षसँग पनि आग्रह गरेका थिए, तर पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङले सापकोटाले गर्ने परामर्शको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology