Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ओखर खानुको ७ फाईदाबारे जान्नुहोस्

ओखर खानुको ७ फाईदाबारे जान्नुहोस्

  • 223
    SHARES
  • ओखर खानुको ७ फाईदाबारे जान्नुहोस्

    काठमाडौं । मस्तिष्क जस्तो आकारको ओखरले मानसिक कार्य सम्पादन सुधार गर्न मद्यत गर्दछ ।

    ओखर हाम्रो दैनिक आहारमा अविश्वसनीय रूपमा पौष्टिक आहारा हो किनभने ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटीन र फलामजस्ता प्रशस्त तत्व र गुणहरू रहेका हुन्छन् ।

    सही तरिकाले खाँदा ओखरका धेरै स्वास्थ्य लाभहरू रहेका छन् ।

    ओखर खाने सबैभन्दा राम्रो उपाय भनेको रातभर भिजाएर बिहान खानु हो। यसका लागि एक कप पानीमा २–४ ओखरको टुक्रा रातभर भिजाउनु होस् ।

    अर्को बिहान तिनीहरूलाई खानुहोस् । भिजेको ओखरले शरीरमा हानिकारक कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । साथै नियमित ओखर सेवनले पाचन प्रणालीमा पनि सहयोग गर्दछ ।

    जब ओखर भिजाइन्छ, तपाईंको शरीरले पोषक तत्वहरू अझ सजिलै अवशोषित गर्न सक्छ ।

    ओखरका फाईदाहरू

    निद्रामा सुधार

    ओखरले मुख्यतय  निद्रा सुधार गर्दछ । यसमा मेलाटोनिन नामक तत्व पाईन्छ, जसले निन्द्रा बढाउन फाइदाजनक मानिन्छ ।

    यदि तपाईंले बिहान र सुत्नु अघि भिजेको ओखरको सेवन गर्नुभयो भने यसले तपाईंलाई राम्रोसँग निदाउन मद्दत गर्छ।

    तौल कम गर्न

    अर्को पटक भोक लाग्दा अब जंक फूड नखानुहोस् । यसको सट्टा ओखर खानुहोस् । अखरोट खाएपछि, तपाईं पेट भरिएको महसुस गर्नुहुन्छ, जसले तपाईको शरिरकोा तौल घटाउन प्रोत्साहन दिन्छ । यसले भोक कम गर्छ ।

    रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

    ओखरमा एन्टिअक्सिडेन्ट र पोषक तत्वहरू हुन्छन्, जसले तपाईंको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । यसका साथै रोग प्रतिरोधी क्षमता बढाउन दूधको सेवन पनि गर्न सकिन्छ ।

    प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट

    ओखरमा उच्च एन्टिअक्सिडेन्ट हुन्छ, जसले हाम्रो छालालाई पराबैंगनी किरणहरूबाट जोगाउन सक्छ, जुन हामी प्रायस् गर्मीमा सम्पर्कमा रहन्छौं ।

    सूजन कम हुन्छ

    धेरै पुरानो रोगहरू सूजनबाट सुरु हुन्छ, जुन अक्सिडेटिभ तनावको कारण हुन सक्छ । ओखरमा पाइने पोलिफेनोलले सूजन र अक्सिडेटिभ क्षति विरुद्ध लड्न मद्दत गर्न सक्छ । यसले गर्मीको सूजन कम गर्न मद्दत गर्न सक्छ ।

    कोलेस्ट्रोल घटाउँछ

    हृदय रोगको जोखिम लामो समयदेखि कोलेस्ट्रोल र ट्राइग्लिसराइड स्तरहरूसँग सम्बन्धित रहेको हुन्छ । ओखर नियमित खानुहोस्, कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।

    यद्यपी खराब कोलेस्ट्रोल वर्षको कुनै पनि समयमा बढ्न सक्छ, नियमित रूपमा अखरोट खाँदा यसले सो रोगसँग लड्न मद्दत गर्न सक्छ ।

    ऊर्जाका लागि

    ओखर फ्याट, फाइबर र प्रोटिनले भरिपूर्ण हुन्छ, जसले तपाईंलाई गर्मी महिनाहरूमा दिनभर ऊर्जा दिन्छ ।

  • सम्बन्धित विषय:

  • # ओखर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij