Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

गण्डकी एमाले सचेतकको प्रश्न- काठमाडौंमा पानी पर्‍यो भनेर पोखरामा छाता ओढ्ने ?

गण्डकी एमाले सचेतकको प्रश्न- काठमाडौंमा पानी पर्‍यो भनेर पोखरामा छाता ओढ्ने ?

  • 701
    SHARES
  • गण्डकी एमाले सचेतकको प्रश्न- काठमाडौंमा पानी पर्‍यो भनेर पोखरामा छाता ओढ्ने ?

    काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले केन्द्रमा भएको राजनीतिक विभाजनको प्रभाव प्रदेशसम्म देखिनु अचम्म भएको बताएका छन् । 

    images

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन बिहीबार बसेको प्रदेशसभा अधिवेशनमा बोल्दै प्रमुख सचेतक अधिकारीले यस्ते बताएका हुन् ।   

    केन्द्रको विवादका आधारमा प्रदेशको राजनीति प्रभावित हुन नहुने भन्दै उनले विपक्षी दलका सांसदलाई समेत मुख्यमन्त्री गुरुङको समर्थनमा विश्वासको मत दिनुपर्ने आशय व्यक्त गरेका छन् । 

    ‘काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओढ्न नमिल्ने’ भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बचाउ गरेका छन् । ‘संघीय सरकारको रिस गण्डकी सरकारसँग फर्न मिल्दैन । केपी ओलीसँग कुरा मिलेन भनेर पृथ्वीसुब्बा गुरुङसँग रिस फेर्नु राम्रो होइन । जनताले अहिले अस्थिरता चाहेको होइन’,अधिकारीले भने ।

    जनताले नेपाली कांग्रेसलाई मुख्यमन्त्री बनाउन नचाहेको उल्लेख गर्दै उनले नेकपा माओवादी अप्राकृतिक गठबन्धनका लागि तयार भएको आरोप लगाए । ‘निषेधको राजनीति सफल हुन दिँदनौं, हामी यहिं छौं । माओवादीले किन जनमतको अपमान गरेको हो ?’, अधिकारीले अनभिज्ञता प्रकट गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology