Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

नेपालपक्षीय पहाडी सामान्य प्रशासनमन्त्री बन्ने

नेपालपक्षीय पहाडी सामान्य प्रशासनमन्त्री बन्ने

  • 118
    SHARES
  • नेपालपक्षीय पहाडी सामान्य प्रशासनमन्त्री बन्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पुनर्गठन गरेको मन्त्रिपरिषद्मा नेकपा एमालेबाट निष्काशित वरिष्ठ नेता माधवपक्षका युवा नेता गणेश पहाडी पनि समावेश भएका छन् ।

    प्रतिनिधिसभाको तत्कालीन विकास तथा प्रविधि समितिका सदस्य रहेका सिन्धुलीबाट विजयी सांसद यसअघि नेपाल पक्षमा पनि दोस्रो तहका नेता योगेश भट्टराईसँग निकट रहँदै आएका थिए ।

    २७ वैशाखमा नेपालपक्षका २८ सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको नदिनेमा पहाडी पनि थिए  । यसपछि संविधानको धारा ७६ (५) अन्तर्गत सांसदको बहुमतका आधारमा प्रधानमन्त्री दाबी गर्न राष्ट्रपतिले आग्रह गरेपछि नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चाहिँ पहाडीले समर्थन गरेका थिएनन् ।  

    बिहीबार प्रधामन्त्री ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद् सदस्यमा पूर्वमाओवादीबाट एमालेमा रहेको २ र एमालेका ५ गरी जम्मा ७ जनालई मन्त्री बनाएका छन् । नेपाल पक्ष छोड्दै ओली पक्षमा आएपछि प्रधानमन्त्री ओलीले पहाडीलाई सामान्य प्रशासन मन्त्री बनाएका हुन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology