वेबटिभी खबर
काठमाडौं । सत्ता गठबन्धन दलका प्रमुख नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट बैठक सुरु भएको हो ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज गठबन्धनको बैठक बसेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij