Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

संघीय सरकारमा प्रदेश २ को दबदबा

संघीय सरकारमा प्रदेश २ को दबदबा

  • 439
    SHARES
  • संघीय सरकारमा प्रदेश २ को दबदबा

    काठमाडौं । मुलुक प्रादेशिक संरचनामा गएपछि संघीय सरकारमा पहिलो पटक प्रदेश २ हावी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्दै बिहीबार सात मन्त्री र एक राज्यमन्त्री थपे ।

    गत शुक्रबार दुई राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रीमण्डल बनाएका ओलीले एक सातापछि नै अरू ८ मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । बिहीबार विस्तार भएर बनेकाे तीन राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिमण्डलमा प्रदेश २ काे दबदबा देखिएकाे छ ।  ओली नेतृत्वको सरकारमा प्रदेश २ का मात्र १२ जना मन्त्री र एकजना राज्यमन्त्री छन् । आधाभन्दा बढी मन्त्री प्रदेश २ बाटमात्र भएको यो पहिलो अवसर हो ।

    जसपाबाट सरकारमा सहभागी भएका उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतो, ऊर्जामन्त्री शरदसिंह भण्डारी, खानेपानी मन्त्री अनिलकुमार झा, भूमिसुधार मन्त्री लक्ष्मणलाल कर्ण, श्रममन्त्री विमल श्रीवास्तव, पर्यटनमन्त्री उमाशंकर अरगरिया, महिला तथा बालबालिका मन्त्री चन्दा चौधरी, उद्योग मन्त्री राजकिशोर यादव प्रदेश २ का हुन् । त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ पनि प्रदेश २ कै हुन् ।

    राज्यमन्त्रीमा पनि प्रदेश २ ले भाग पाएको छ । राजपाबाट ऊर्जा राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी प्रदेश २ बाटै प्रतिनिधित्व गर्छन् ।

    त्यसैगरी एमालेबाट सरकारमा सहभागी उपप्रधान एवम् परराष्ट्र मन्त्री रघुवीर महासेठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ पनि प्रदेश २ कै हुन् । 

    सात प्रदेशमध्ये कम्युनिस्टबाहेकको सरकार रहेको प्रदेश २ ले प्रदेश सरकारलाई बलियो बनाउनु पर्ने र त्यका लागि संघीयताकाे कार्यान्वयन हुनुपर्ने भन्दै जहिले पनि केन्द्र सरकारलाई दवाब दिँदै आएको थियो । अहिले केन्द्र सरकारमा प्रदेश २ कै मन्त्रीहरूको हालीमुहाली रहेकाले प्रदेश सरकारलाई मजवुत बनाउने काम हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology