Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पाँचथर पावरसहित एक दर्जन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

पाँचथर पावरसहित एक दर्जन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

  • 917
    SHARES
  • पाँचथर पावरसहित एक दर्जन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

    काठमाडौं । साताको अन्तिम कारोबार दिनको बजारबाट जलविद्युत् समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । बिहीबार जलविद्युत् समूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको हो । 

    images

    त्यस्तै, विकास बैंकको २.६३ प्रतिशत, वित्तको २.५७ प्रतिशत, लगानीको १.०८ प्रतिशत, म्युचुअल फण्डको ०.७९ प्रतिशत र लघुवित्तको ०.१४ प्रतिशत परिसूचक बढेको छ ।

    १० प्रतिशतले बढेको पाँचथर पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेर अन्तिम मूल्य ३ सय ८५ रुपैयाँ पुगेको छ । पाँचथर पावरसहित एक दर्जन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । 

    बिहीबार लिवर्टी ईनर्जी कम्पनीको ९.९७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९.९७ प्रतिशत, ङदी ग्रुपको ९.९३ प्रतिशत, माउण्टेन ईनर्जी नेपालको ९.९२ प्रतिशत, रिडी हाइड्रोपावरको ९.९० प्रतिशत, बरुण हाइड्रोपावरको ९.८७ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९.८५ प्रतिशत मूल्य बढेको छ ।

    त्यसैगरी अरुणभ्याली हाइड्रोपावरको ९.८१ प्रतिशत, जोशी हाइड्रोपावरको ९.७३ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.६८ प्रतिशत, पोखरा फाइनान्सको ९.५५ प्रतिशत र अपि पावरको ९.४५ प्रतिशत शेयर मूल्य बढेको हो । 

    यो दिन गोर्खाज फाइनान्सको शेयर मूल्य भने सर्वाधिक ४.२५ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँले घटेर अन्तिम मूल्य १ हजार ३ सय ३० रुपैयाँ कायम भएको हो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology