Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई सघाउने १७ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण 

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई सघाउने १७ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण 

  • 124
    SHARES
  • सुदूरपश्चिममा मुख्यमन्त्रीलाई सघाउने १७ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण 

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मुख्यमन्त्रीका लागि विश्वासको मत दिएपछि नेकपा एमालेले १७ जना प्रदेश सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

    एमालेको ह्विप उल्लंघन गर्दैमुख्यमन्त्री भट्टलाई मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत दिएपछि एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

    मंगलबार मुख्यमन्त्री भट्टलाई मत दिने १७ जना सांसद एमालेबाट निष्काशित वरिष्ठ नेता माधव नेपाल पक्षका छन् । एमालले १० जेठमा सुदूरपश्चिम सरकारबाट आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको एमालेका प्रदेश सचिव राजेन्द्रसिंह रावलले जानकारी दिए ।

    संसदीय दलका नेता प्रकाश शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको जनाउँदै चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिने बताए ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology