Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचक बिन्दु झन्डै ३ हजारनजिक 

साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचक बिन्दु झन्डै ३ हजारनजिक 

  • 186
    SHARES
  • साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचक बिन्दु झन्डै ३ हजारनजिक 

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २ हजार ९ सय ४४.७८ विन्दुमा बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १.८० अंकले घटेको हो । २ हजार ९ सय ६८.०९ विन्दुदेखि खुला भएको बजार २ हजार ९ सय ७०.५५ विन्दुसम्म पुगेको थियो । यो दिन २ हजार ९ सय २६ विन्दुसम्म झरेर बजार उकालो लागेको हो ।

    नेप्से परिसूचक सामान्य अंकले घटेपनि ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने २.५९ अंक बढेर ५ सय २७.८७ विन्दुमा पुगेको छ । कारोबार रकमको उच्चता भने यस दिन पनि कायमै रहेको छ । बिहीबार २ सय २० कम्पनीको १ लाख ५५ हजार ६ सय ९० पटकको व्यापारमा १६ अर्ब १० करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

    हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ ।  बिहीबारसम्म शेयर कायम गरेका शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन गर्न पाउँने हुँदा यस दिन कम्पनीको शेयरमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको हो । सर्वाधिक कारोबार भएको दिन कम्पनीको शेयर मूल्य पनि ७.७२ प्रतिशत बढेर अन्तिम मूल्य ५ सय ८६ रुपैयाँ पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology