Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार, पक्षमा जम्मा २७, विपक्षमा ३० मत

ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार, पक्षमा जम्मा २७, विपक्षमा ३० मत

  • 368
    SHARES
  • ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार, पक्षमा जम्मा २७, विपक्षमा ३० मत

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो ।

    आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा मतदान भएको थियो । मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए ।

    मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ ।

    मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन् ।

    ३ जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बसेका छन्।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology