Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हत्या आरोपमा एकजना पक्राउ

हत्या आरोपमा एकजना पक्राउ

  • 309
    SHARES
  • हत्या आरोपमा एकजना पक्राउ

    गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या आरोपमा स्थानीय ५९ वर्षका छिरिङ धुनडुप लामा पक्राउ परेका छन् ।

    १७ वैशाखको बिहान आफ्नै घरको कोठामा घ्याल्जेन मृत अवस्थामा भेटिएका थिए । घाँटीमा धारिलो हतियार प्रहार भएको चोट देखिएकाले उनको हत्या भएको आशंका गरिएको थियो ।

    इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक रामजी देवकोटा कमाण्डको टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको एसपी अनुपम श्रेष्ठले बताए ।

    पक्राउ परेका धुनडुपविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij