Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

आरजुलाई तोसिमाको प्रश्न– भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ?

आरजुलाई तोसिमाको प्रश्न– भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ?

  • 87
    SHARES
  • आरजुलाई तोसिमाको प्रश्न– भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरू लागेको आरोप लगाएकी छन् ।

    images

    मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले नेताहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको जिकिर गरिन् ।

    सांसदहरूले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइटमार्फत सार्वजनिक गर्न समेत माग गरेकी छन् । सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

    ‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्‍यो । भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ? भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरेर राष्ट्रघात भएको छ । अपराध भएको छ कारबाही हुनुपर्छ,’ उनले भनिन् ।

    केही दिन अगाडि प्रतिनिधिसभाकै बैठकमा नेपाली कांग्रेसकी सांसद आरजु राणाले पनि सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न चुनौती दिएकी थिइन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology