Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

नेपालमा सिप, ज्ञान र प्रविधि लगानीमा जोड

नेपालमा सिप, ज्ञान र प्रविधि लगानीमा जोड

  • 439
    SHARES
  • नेपालमा सिप, ज्ञान र प्रविधि लगानीमा जोड

    चेक रिपब्लिक । गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी वैज्ञानिक, विज्ञ र प्राज्ञिक प्रतिनिधिहरूले नेपालमा आर्थिक लगानीका अतिरिक्त सिप, ज्ञान र प्रविधिको लगानीमा जोड दिएका छन् ।

    images

    चेक रिपब्लिकको राजधानी प्रागमा गत आइतबार आयोजित सम्मेलनमा बोल्दै विज्ञ राकेशचन्द्र प्रजापतिले नेपालको विश्वबजारमा हालसम्म सेटलाइट क्षेत्रमा रहेको पहुँचको बारेमा आफ्ना भनाइ राखेका थिए । उनले नेपालमा स्पेश टेक्नोलोजी सम्बन्धी अध्ययन र अध्यापन गर्न जनशक्ति कम रहेको बताए । उनले सन् २०२४ मा नेपालले सेटलाइट बनाउने तयारी गरेको बताए ।

    गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा भौतिकशास्त्री डा.हेमराज शर्माले विदेशमा सिकेको ज्ञान र सिप नेपालमा लैजानको लागि आवश्यक वातावरण बन्नु पर्नेमा जोड दिए । उनले नेपालमा अहिलेको अवस्थामा आर्थिक लगानीका अतिरिक्त प्रविधि भित्राउन अभियानमा लाग्नुपर्ने विचार व्यक्त गरे ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सिप तथा ज्ञान ट्रान्फरको लागि पुस्ताको प्राथामिकतामा निर्भर हुने बताए । उनले नेपालको विकासको लागि आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन सके मात्र राष्ट्र समृद्धीको बाटोमा लाग्ने बताए । उनले विदेशमा बस्ने नेपालीहरूलाई आफूले सिकेको ज्ञान र सिप नेपालको नीति निमार्णमा सदुपयोग गर्न आग्रह गरे ।

    उनले नेपालमा अहिले सुशासन आवश्यक रहेको बताए । झाले ओली सरकार सुशासन भन्दा महत्वकांक्षी विकासको सपना देखाएर असफल भएको टिप्पणी गरे ।

    कार्यक्रममा डा.बोधराज सुवेदी, डा.कृष्ण सापकोटा, डा.असिम अधिकारी, हरिकृष्ण न्यौपाने, भोजराज शर्मा, आरके त्रिपाठीलगायतका वक्ताहरूले नेपालमा सिप र ज्ञान ट्रान्फरमा जोड दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology