Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दोभान बजारमा भएको आगलागीबाट ७९ घरपरिवार विस्थापित

दोभान बजारमा भएको आगलागीबाट ७९ घरपरिवार विस्थापित

  • फाल्गुण १८, २०७७ मंगलवार १६:३८ बजे
  • 877
    SHARES
  • दोभान बजारमा भएको आगलागीबाट ७९ घरपरिवार विस्थापित

    ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन् । 

    ‘अहिलेसम्म पूर्ण रुपमा आगो नियन्त्रणमा आउन सकेको छैन्’, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाले भने, ‘आगलागीबाट ४७ घर जलेर नष्ट भएको छ भने ७९ परिवार विस्थापित भएको छ ।’ आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमी बैंकको शाखा कार्यालय र आइएमीको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए । 

    जिल्लाको दोस्रो ठूलो बजार दोभान हो । यस बजारमा १०० व्यापारिक घर भएको उनले बताए । ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हाडवेयरलगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको भनाइ छ । उनले भने, ‘आगलागीबाट भएको क्षतिको विवरण अब संकलन गर्छौं ।’ फुङ्लिङ नगरपालिका र पाँचथर जिल्लाको दमकलको माध्यमबाट आगो नियन्त्रण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # ताप्लेजुङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij