Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आज पूर्वगृहमन्त्री खाणसँग बयान लिइने

आज पूर्वगृहमन्त्री खाणसँग बयान लिइने

  • 265
    SHARES
  • आज पूर्वगृहमन्त्री खाणसँग बयान लिइने

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग बयान लिने तयारी भइरहेको छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेको पूर्वगृहमन्त्री खाणसँग सरकारी वकिलको कार्यालयले बयान लिने तयारी गरेको हो ।

    भुटानी शरनार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरूले खाणको नाम लिएपछि बुधबार प्रहरीले निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

    खाणमाथि आवश्यक अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट चार दिन हिरासतमा राख्न अनुमति लिइसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij