Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

तनहुँमा १२ सिँचाइ योजना निर्माण गरिँदै

तनहुँमा १२ सिँचाइ योजना निर्माण गरिँदै

  • 253
    SHARES
  • तनहुँमा १२ सिँचाइ योजना निर्माण गरिँदै

    तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माणकार्य अघि बढाइएको छ ।

    ती योजना निर्माण गर्नका लागि कुल २८ करोड ५९ लाखको सम्झौता गरिएको छ । आयोजनाका लागि चालु आर्थिक वर्षमा छ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

    संघको विशेष अनुदान र गण्डकी प्रदेश सरकारले योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए ।

    उनका अनुसार दुई ठूला आयोजनामा संघ विशेष अनुदानमा मादी नदी नियन्त्रण र गण्डकी प्रदेशको बजेटमा मादी नदी नियन्त्रण कार्यक्रम रहेको छ । संघ सरकारबाट मादी नदी नियन्त्रणमा १७ करोड ९८ लाख र गण्डकी प्रदेशबाट दुई करोड ६६ लाखमा सम्झौता भएको छ ।

    चालू आवमा क्रमशः चार करोड ५० लाख र २० लाख बजेट विनियोजन भएको छ । ती आयोजनाको क्रमशः २०७९ फागुन ९ र २०७९ जेठ ६ गते सम्झौता भई क्रमशः २०८१ भदौ ८ र २०८० जेठभित्र सम्पन्न गर्ने योजना छ ।

    त्यसैगरी डुम्रेबेँसी सिँचाइ योजनामा तीन करोड ८१ लाख, पहाड खोला बस्ती संरक्षण कार्यका लागि एक करोड ८५ लाख, छाब्दीफाँट सिँचाइ योजनामा ७३ लाख, सेराफाँट सिँचाइ योजनामा ६३ लाख, कोल्पाटा लिफ्ट सिँचाइ योजानमा ५२ लाख र तालेफाँट सिँचाइ योजनामा ४० लाखमा ठेक्का सम्झौता भई काम सुरु गरिएको छ ।

    यस्तै अर्चले गाउँ र बिलौनी गाउँ पहिरो नियन्त्रण, मादीखोला ठूलो कुलो सिँचाइ र साँघेखोला डुम्रे सुपरी तटबन्धन कार्यका लागि चालु आवमा १० लाखका दरले बजेट विनियोजन गरी निर्माण भइरहेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईँले जानकारी दिए।

    उक्त योजना २०७७ साउन २८ गते ठेक्का सम्झौता भई २०८१ भदौ ८ गतेसम्म सम्पन्न गर्ने योजना छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij