वेबटिभी खबर
काठमाडौं । चौधरी फाउण्डेसनले वीर अस्पतालमा आइसियु वार्ड स्थापना गरि अस्पताललाई हस्तान्तरण गरेको छ ।वीर अस्पतालको नयाँ भवनको पहिलो तलामा नौं शैय्या र दोस्रो तलामा नौं शैय्याकोगरि कुल १८ शैय्याको आइसियु वार्ड निर्माण गरिएको छ ।
कोभिड-१९ को दोस्रो लहरबाट संक्रमितको उपचारमा योगदान पुर्याउन फाउण्डेसनले वीर अस्पतालमा आइसियु वार्ड निर्माण गरेको जनाएको छ ।
चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीकाअनुसार सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आइसियु वार्ड स्थापना गरि सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको छ ।
चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी प्रा.डा.जागेश्वर गौतमलाई आइसियु वार्ड हस्तान्तरण गरेका हुन् ।
कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी प्रा.डा.जागेश्वर गौतमले कोरोना महामारीसँग जुध्न फाउण्डेसनले पुर्याएको योगदानका लागि धन्यवाद दिँदै यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए ।
फाउण्डेसनले गत वर्ष पनि कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पिसिआर, पिपिईलगायत स्वास्थ्य सामाग्री देशभरका अस्पतालहरूमा उपलब्ध गराएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij