Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सीमाबाट नेपाल भित्रिनेको अनिवार्य स्वास्थ्य परीक्षण गराउन गृहको निर्देशन 

सीमाबाट नेपाल भित्रिनेको अनिवार्य स्वास्थ्य परीक्षण गराउन गृहको निर्देशन 

  • 799
    SHARES
  • सीमाबाट नेपाल भित्रिनेको अनिवार्य स्वास्थ्य परीक्षण गराउन गृहको निर्देशन 

    काठमाडौं । सीमानाकाबाट नेपाल भित्रिनेहरूको अनिवर्य स्वास्थ्य परीक्षण गराउन गृह मन्त्रालयले मातहत निकायलाई निर्देशन दिएको छ ।

    images

    सीमानाका जोडिएका जिल्लाका प्रशासन कार्यालयहरूले नाकाबाट हुने आवागमनलाई व्यवस्थित गरी अभिलेख राख्ने साथै नेपाल प्रवेश गर्ने यात्रुहरूलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने व्यवस्था मिलाउन गृह मन्त्रालयको निर्देशन छ । 

    शान्ति सुरक्षालाई सबल बनाउनूस्ः गृहमन्त्री अधिकारी 

    बिहीबार गृहमन्त्रीमा नियुक्त खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

    गृह मन्त्रालयमा बिहीबार पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए ।

    नवनियुक्त मन्त्री अधिकारीले शान्तिसुरक्षा सबल बनाउन प्रहरी अधिकारीलाई समेत निर्देशन दिए ।

    नेपालको सीमा सुरक्षा प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले आफ्नो भूमि सुरक्षाको प्रतिबद्धता समेत जनाए ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology