Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रसुवामा आयुर्वेद उपचार प्रभावकारी

रसुवामा आयुर्वेद उपचार प्रभावकारी

  • 541
    SHARES
  • रसुवामा आयुर्वेद उपचार प्रभावकारी

    काठमाडौं । आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी  यसतर्फ आकर्षित भएका छन् ।

    रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले यहाँका बासिन्दा  आयुर्वेदिक उपचारतर्फ आकर्षित भएका हुन् ।

    सरकारले २३ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ भने अन्य औषधि पनि जिल्ला आयुर्वेदभित्रै उपलब्ध हुन थालेकाले उपचार गराउनेको संख्या बढ्न थालेको छ ।

    वि.सं २०५७ मा धुञ्चेमा जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना भएको थियो ।

    उक्त केन्द्रले औषधिका साथै शारीरिक व्यायामलाई पनि जोड दिँदै आएको छ । पछिल्लो समय कार्यालय प्रांगणमा नियमित व्यायाम गराउन थालिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

    गत साउनदेखि हालसम्म चार हजार दुई सय १५ महिलासहित सात हजार आठ सय नौ जनाले आयुर्वेदिक सेवा लिएका छन् ।

    जिल्लावासीको आकर्षण बढ्न थालेकाले जंगलमै खेर गइरहेका जडिबुटी उपभोग सम्बन्धी प्रशिक्षण दिनुपर्ने आवश्यकता बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

    उपचारका लागि गानुगोलालगायत पेटसम्बन्धी, हाडजोर्नी तथा नसा, मलद्वार, पाइल्स, फिस्टुला, फिसर, मधुमेह, उच्च रक्तचाप, थाइराइट, दम, पिनास, माइग्रेन, टाउको दुख्नेलगायत विरामी आउने गरेको  उक्त केन्द्रका निमित्त प्रमुख डा.चन्द्रवली शाहले बताए ।

    उनले नागरिकलाई प्रभावकारी उपचार दिने उद्देश्यले औषधिसहित स्वास्थ्यकर्मी तयार गरिएकाले कुनै रोग लागेमा वा लाग्न सक्ने संकेत देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउन सबैलाई आग्रह गरेका छन् ।

    उनले भने, ‘रोग लाग्न नदिन प्रवर्धनात्मक स्वास्थ्य सेवा अन्तरगत स्वस्थ्य जीवनशैली अपनाउने उद्वेश्यले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई आत्मसाथ गर्दै आयुर्वेद उपचारलाई प्रभावकारी बनाउदै गरिएको छ ।’

    सदरमुकाम धुञ्चेस्थित साविक कृषि विकास कार्यालयको भवनबाट आयुर्वेद सम्बन्धी उपचार सेवा प्रदान भइरहेको छ ।

    उपचारका लागि धामीझाँक्रीमा निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको र आयुर्वेदिक औषधि सेवनले कुनै असर नगरी रोग निको पार्ने भएकाले यसतर्फ आकर्षण बढेको जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले बताए ।

  • सम्बन्धित विषय:

  • # रसुवा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij