Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल

  • 260
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनमा संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानबिनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् ।

    पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले संगठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरूद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।

    सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट पार्दै उनले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए ।

    कम्युनिस्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उनको भनाइ छ ।

    अध्यक्ष नेपालले माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए ।

    अहिले पनि नेकपा ब्युँत्याउने उद्देश्यले साना छरिएका कम्युनिस्ट शक्तिलाई एकताबद्ध बनाउन गृहकार्य भइरहेको जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij