Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

दोभानका आगलागीपीडितलाई भूकम्पपीडित सरह सहयोग गर्न योगेश भट्टराईको माग

दोभानका आगलागीपीडितलाई भूकम्पपीडित सरह सहयोग गर्न योगेश भट्टराईको माग

  • फाल्गुण १८, २०७७ मंगलवार १७:०८ बजे
  • 745
    SHARES
  • दोभानका आगलागीपीडितलाई भूकम्पपीडित सरह सहयोग गर्न योगेश भट्टराईको माग

    काठमाडौं । ताप्लेजुङबाट विजयी सांसद् तथा पूर्वमन्त्री योगेश भट्टराईले दोभान बजारका आगलागीपीडितलाई चाँडै राहत सामग्री उपलब्ध गराउने बताएका छन् ।

    images

    नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत रहेका उनले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै दोभानका आगलागीपिडितले भूकम्पपीडित सरहकै राहत पठाउनका लागि सरकारसमक्ष माग गर्ने बताएका छन् ।

    ‘ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा ३ दोभान बजारमा आज बिहान भएको आगलागीबाट ठूलो मात्रामा भौतिक क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘आगलागीका कारण आवासविहीन भएका स्थानीयहरुलाई तत्काल राहत उपलब्ध गराउन र दिर्घकालीन पूनः स्थापनाका लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गर्दछु ।’

    स्थानीय प्रशासनको प्रारम्भिक विवरण अनुसार आगलागीबाट ४७ वटा घर जलेर नष्ट हुँदा ७९ परिवार विस्थापित भएका छन् । अधिकांश घरमा पसल रहेकाले पसलका सम्पूर्ण मालसमानहरु जलेर नष्ट भएका छन् ।

    ‘आगलागी नियन्त्रणमा लिन प्रयत्न गर्ने स्थानीय जनसमुदाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधिहरु, कर्मचारीहरु, दमकल चालक, स्वयमसेवक लगायत सबैमा धन्यवाद ज्ञापन गर्दछु’ विज्ञप्तिमा उल्लेख छ, ‘पीडितहरुप्रति सहानुभूति प्रकट गदै आवश्यक राहत तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ 

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology