Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

तीन खेलाडी सम्मानित

तीन खेलाडी सम्मानित

  • 217
    SHARES
  • तीन खेलाडी सम्मानित

    काठमाडौं । नेपाली महिला र पुरूष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उनीहरूले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।

    images

    यसरी सम्मानित हुनेमा निर्मला महर्जन (पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी), भगवती खड्का (पहिलो महिला ‘रेस्लर’) र उमेश राई (बडिबिल्डर तथा सर्वाधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता) रहेका छन् ।

    साथै सोही कार्यक्रममा  विकास खड्गी (युवा उद्यमी) आनन्द राई (संगीतकार) र जेसिका चेम्जोङ (समाजसेवी) अभिनन्दन गरिएको थियो ।

    बाग्मती प्रदेशसभा सदस्य रमा आलेमगर र चन्द्रागिरि चेम्बर अफ कमर्शका अध्यक्ष रामनारायण घिमिरेले अधिवाह नेपाल नामक सामाजिक संस्थाद्वारा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरेका हुन् ।

    सो अवसरमा प्रदेशसभा सदस्य आलेमगरले आर्थिक समृद्धि हासिल गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै यस्ता कार्यक्रममार्फत राष्ट्रिय व्यक्तित्वको थप पहिचान हुने बताए ।

    अध्यक्ष घिमिरेले भने, ‘चन्द्रागिरि चेम्बर अफ कमर्शले उद्यमीका समस्या सम्बोधन गर्न विभिन्न काम गरिराखेको छ ।’

    संस्थाका अध्यक्ष रजनी श्रेष्ठ र सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठ (रमन)ले देशका प्रतिभालाई सम्मान गर्न पाएकामा गौरवान्वित भएको बताए ।

  • सम्बन्धित विषय:

  • # खेलाडी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology