वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११४० जना कोरोनाका नयाँ बिरामी फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं ९२१, भक्तपुरमा ५६ र ललितपुरमा १६३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
आज देशभर तीन हजार ७ सय ५० जना संक्रमित थपिए भने ५ हजार २ सय २५ जना निको भएका छन् । त्यसैगरी ६७ जनाको सक्रमणबाट निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij