वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १०३ जनाको नमूना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २४ जना संक्रमण मुक्त भएका छन भने आज कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैनन् । योसँगै देशभर कोरोना संक्रिय संक्रमितको संख्या १०० पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा १०, आईसीयुमा १ र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij