Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेस सांसदले नाथुराम बन्ने घोषणा गरेप्रति विष्णु रिजालको प्रश्न- साधारण व्यक्तिलाई मुद्दा चल्छ, सांसदलाई कस्तो कानुन छ ?

कांग्रेस सांसदले नाथुराम बन्ने घोषणा गरेप्रति विष्णु रिजालको प्रश्न- साधारण व्यक्तिलाई मुद्दा चल्छ, सांसदलाई कस्तो कानुन छ ?

  • 736
    SHARES
  • कांग्रेस सांसदले नाथुराम बन्ने घोषणा गरेप्रति विष्णु रिजालको प्रश्न- साधारण व्यक्तिलाई मुद्दा चल्छ, सांसदलाई कस्तो कानुन छ ?

    काठमाडौं । नेपाली कांग्रेसका बागमति प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नु परे आफू नाथुराम गोड्से हुने घोषणा गरेपछि यसको चौतफी आलोचना हुँदै आएको छ ।

    बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार बोल्दै कांग्रेस सांसद वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्नका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।

    वैद्यको उक्त अभिव्यक्तिमाथि नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले आपत्ति जनाउँदै ट्वीटरमार्फत प्रश्न गरेका छन्, ‘कांग्रेस सांसद नरोत्तम वैद्यले प्रम ओलीलाई मार्नका लागि गान्धीलाई मार्ने नाथुराम गोड्से हुने घोषणा गरेछन् । मान्छे मार्छु भन्नेका साधारण मान्छेका लागि ज्यान मार्ने उद्योगमा मुद्दा चल्छ । प्रदेशसभा सदस्यका हकमा फरक कानुन छ र ?’ 

    एमालेको विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले आश्चर्य व्यक्त गरेका छन्, ‘कस्तो मानसिकता ! कस्तो राजनीति ! कस्ता प्रतिनिधि !’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij