वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले चुरे क्षेत्रको खनेर बेच्दा प्राकृतिक संरक्षणमा गम्भीर असर पुगेको बताएका छन् ।
शुक्रबार सभामुख अग्नि सापकोटाले पूर्वप्रधानमन्त्री तथा संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै डा.भट्टराईले यस्तो धारणा राखेका हुन् ।
तर अर्थमन्त्रीले चुरे खनेर बेच्ने भनेका छैनन् नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भने, ‘चोरले कहिल्यै म चोर्छु भन्छ ? भन्दैन । सरकारले बजेटमार्फत चुरे खन्ने योजना ल्याएको हो ।’
सभामुखसँगको छलफलमा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको, सो बजेटमा चुरे खन्ने योजना ल्याएको, कोरोना संक्रमण रोकथाम र संक्रमित जनताको उपचारका लागि सरकारले बेवास्ता गरेको, प्रधानमन्त्रीले असंवैधानिक र स्वेच्छारी ढंगले जबरजस्ती २/२ पटक प्रतिनिधिसभा विघटन गरेकोप्रति छलफल भएको डा.भट्टराईले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij