वेबटिभी खबर
काठमाडौं । आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ ।
आज अपराह्न चार बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
उक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij