Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजंघा आरोहण

दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजंघा आरोहण

  • 255
    SHARES
  • दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजंघा आरोहण

    काठमाडौं । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् ।

    बिहीबार नर्वेकी क्रिष्टिना हरिलासहित सङ्खुवासभाका तेन्जिङ शेर्पा र ओखलढुंगाका जेलु शेर्पाले सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स एण्ड एक्सपीडिशनका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।

    उनका अनुसार आरोहणका लागि आफ्नो कम्पनीबाट गएका अन्य ११ जना विदेशीसहितको टोली भने खराब मौसमका कारण बेस क्याम्प फर्किएका छन् ।

    उनीहरू आठ हजार मिटरको उचाइबाट खराब मौसमका कारण फर्किनुपरेको शेर्पाले बताए । सफल आरोहण गरेका तीनसहित १४ आफ्नो कम्पनीबाट गएको उनको भनाइ छ ।

    यता सातोरी एडभाञ्चरबाट गएका १४ जनाको टोलीसमेत खराब मौसमलगायत कारण करिब आठ हजार मिटरको उचाइमा पुगेर बेसक्याम्प फर्किएको छ । उक्त कम्पनीबाट कञ्चनजंघा आरोहण गर्ने तयारीमा रहेका २१ मध्ये १४ जना आरोहणका लागि गएका थिए । उनीहरू बिहीबार राति फर्किएका हुन् ।

    अन्य सात जना भने सगरमाथापछि कञ्चनजंघाको आरोहणमा जाने कम्पनीका निर्देशक ऋषि भण्डारीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij