Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विशिष्ट खाते

विशिष्ट खाते

  • जेठ २९, २०७८ शनिवार ११:३१ बजे
  • 1.9K
    SHARES
  • विशिष्ट खाते

    काठमाडौंको सडकबाट खातेलाई पुलिसले लखेटे । चार/पाँच जनाको एउटा समूह भागेर सहरबाट थोरै भित्र अर्ध सहरमा पुगे; जहाँ पुलिस पुग्थेन ।

    images

    उनीहरू त्यतै बसेर यताउति गर्न थाले । आकाशलाई ओढ्ने धर्तीलाई ओछ्यान बनाएर सुते । दिउँस यताउता जे भेटिन्छ त्यही खाएर पेट भर्थे । खानै पाइएन भने कसैको बगैँचामा फलेका फल चोरेर खान पाउँदा खुब खुसी मान्दथे ।

    उनीहरूको दयनीय अवस्था देखेर केही दयालुहरूले खानेकुरा र लत्ताकपडा सहयोग गरे । एउटा राजनैतिक पार्टीले त ठूलै सहयोग गर्यो । बम्पर सहयोग पाएपछि ती खातेहरू बेजोड खुसी भए ।

    त्यसपछि उनीहरूले आफ्नो आङका पुरानो लुगा नजिकैको कपास फ्याक्ट्रीलाई सस्तोमा बेचे । त्यो सबै नियालिरहेको एउटा कार्यकर्ता कड्कियो-

    ‘ओई खाते ! तँलाई हामीले यत्रो सहयोग दिएपछि तेरो अरू सामान किन बेचिस् ? लागूऔषध खान ?’
    खाते पनि कमको थिएन, चड्कियो-

    ‘किन र तिमेरको नेताले जे पनि गर्न हुने, हामीले चाहिँ नहुने ?’
    ‘के गर्यो हाम्रो नेताले ?’

    ‘एकातिर विदेशीसँग डलर पाउँ न प्रभु भन्दै चुरे पहाड जोगाउन खोजेजस्तो गर्ने अनि अर्को तिर यहाँको ढुङ्गा गिट्टी त्यही विदेशीलाई बेचेर पैसा कमाउने ? के हो हात लम्काउँदा नि पोल्टाँ, हात झुकाउँदा नि पोल्टाँ ? त्योभन्दा त हामीले टन्नै माल पायौं, बढी भाको बेच्यौं । विदेशीले पैसा पो चन्दा दियो, ढुङ्गा गिट्टी दिएको छ त थोडी ?’

    त्यो सुनेर कार्यकर्ता निरास हुँदै बोल्योः ‘यी भन्दा हन्तकाली हाम्रै नेता खाते, विशिष्ट खाते ।’ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology