Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

छुरा प्रहार गरी एकको हत्या

छुरा प्रहार गरी एकको हत्या

  • 258
    SHARES
  • छुरा प्रहार गरी एकको हत्या
    रौतहट । रौतहटमा छुरा प्रहार गरी एक जनाको हत्या गरिएको छ । गौर नगरपालिका-७ सिसवा गाउँमा शुक्रबार राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो ।
     
    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसित खानको झगडा भएको थियो । सो क्रममा साविरले खानको छातिमा छुरा प्रहार गरेका थिए ।
     
    गम्भीर घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
     
    गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा खान आफ्नो वडामा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए । तर निर्वाचनमा उनी पराजित भएका थिए ।
     
    छुरा प्रहारी गरी साविर भने फारार भएका छन । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij