Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

उच्च शिक्षामा छात्रालाई आकर्षण गर्न र बालविवाह अन्त्य गर्न साइकल र एक लाख नगद वितरण

उच्च शिक्षामा छात्रालाई आकर्षण गर्न र बालविवाह अन्त्य गर्न साइकल र एक लाख नगद वितरण

  • 94
    SHARES
  • उच्च शिक्षामा छात्रालाई आकर्षण गर्न र बालविवाह अन्त्य गर्न साइकल र एक लाख नगद वितरण

    सिन्धुली । यहाँको मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरुप साइकल र एक लाख नगद वितरण गरेको छ ।

    images

    आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार साइकल र नगद वितरण गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए ।

    ‘छात्रालाई विद्यालयसम्म आउनजान सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको जनाउँदै अध्यक्ष मोक्तानले भने, ‘हालसम्म गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको र स्तातक तह उत्तीर्ण गर्ने पाँच जनालाई एक लाख प्रोत्साहनस्वरुप प्रदान गरेका छौँ ।’

    पालिकाभित्र दुई उच्च माध्यमिक विद्यालय छन । ती विद्यालयमा अध्ययनरत एक सय ६० विपन्न, दलित, आदिवासी जनजाति छात्रालाई पहिलो चरणमा साइकल वितरण गरिएको अध्यक्ष मोक्तानले जानकारी दिए ।

    मरिणले शिक्षा सबैका लागि सहज बनाउन विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यकाल एक वर्ष पूरा भएको अवसरमा अध्यक्ष मोक्तानले आफ्ना एक सय एक महत्वपूर्ण उपलब्धिसमेत सार्वजानिक गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology