Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

गण्डकीको मुख्यमन्त्रीमा गुरुङले पनि दाबी पेश गरे 

गण्डकीको मुख्यमन्त्रीमा गुरुङले पनि दाबी पेश गरे 

  • जेठ २९, २०७८ शनिवार १६:१६ बजे
  • 734
    SHARES
  • गण्डकीको मुख्यमन्त्रीमा गुरुङले पनि दाबी पेश गरे 

    काठमाडौं । विश्वासको मत लिन नसकेर पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा शनिबार दाबी पेश गरेका छन् ।

    images

    पदमुक्त भइसकेका जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित उनले दाबी पेश गरेका हुन । 

    गुरुङले विश्वासको मत लिन नसकेपछि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । दाबी प्रस्तुत गर्न पुगेका ३१ सदस्यको फोटोसमेत सार्वजनिक गरिएको थियो । 


    गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले शनिबार तीन बजेसम्मको समय दिएकी थिइन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology