Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

ऐनमार्फत चिकित्सा क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

ऐनमार्फत चिकित्सा क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • 67
    SHARES
  • ऐनमार्फत चिकित्सा क्षेत्रका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा क्षेत्रका सम्पूर्ण समस्या समाधान हुने गरी शिक्षा ऐनलाई पूर्णता दिन आवश्यक रहेको बताएका छन् ।

    images

    सोमबार चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने आवश्यकता औंल्याएको उनको सचिवालयले जनाएको छ ।

    ‘कयौं युवा डाक्टरहरूले लाखौं खर्च गरेर पढ्नु भएको छ । तर ३० देखि ४० हजारको जागिर छ नेपालमा अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डलाई उद्धत गर्दै सचिवालयले लेखेको छ ।

    आयोगले मेहनत गरेर तयार पारेको ऐनलाई राष्ट्रिय हित हुनेगरी अगाडि बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।देशमा रहेका विभिन्न समस्याको प्रतिबिम्बन नेपालको चिकित्सा क्षेत्रमा पनि रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा पनि गुणात्मक सफाईको आवश्यकता रहेको समेत बताएका छन् ।

    बैठकमा चिकित्सा शिक्षा आयोगका सदस्यहरूले राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार गर्नेबारे, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति निर्माणबारे आफ्नो धारणा राखेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology