Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

  • 202
    SHARES
  • जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् ।

    जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको निर्वाचन समितिको बैठकमा संसदीय दलको नेतामा यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

    उनका अनुसार जसपा केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

    मिथिलेस सिंहको नेतृत्वमा रहेको समितिमा दीपेन्द्र झा र अर्जुन थापा सदस्य रहेका थिए ।

    सोही समितिले सोमबार जसपा संसदीय दलको कार्यालयमा निर्वाचनसम्बन्धी बैठक बोलाएर उक्त बैठकले सर्वसम्मतिबाट अध्यक्ष यादवलाई दलको नेता चयन गरेको सो पार्टीले जनाएको छ ।

    संसदीय दलको नेता चयन भएका यादव गएको वैशाख १० गते भएको उपनिर्वाचनमा बारा-२ बाट संघीय सांसदमा निर्वाचित भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij