काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार बसेको गठबन्धनका केन्द्रीय नेताहरूबीचको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादव निर्णय विपरीत हिँडेको निष्कर्ष सहित माओवादी केन्द्रले, सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मन्त्रालय भागबण्डा मिलाउन सोमबार गठबन्धन घटक दलका नेताहरूबीच बैठक बसेको थियो ।
तर बैठकमा कुनै ठोस निर्णय हुननसकेपछि आज बिहान फेरि बैठक बस्ने निर्णय भएको थियो। तर मुख्यमन्त्री यादवले बैठक नगरी कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउन लागेपछि माओवादी आक्रोशित बनेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology