वेबटिभी खबर
काठमाडौं । फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनोट प्रतियोगिता खेलेर नेपाली फुटबल टोली आज स्वदेश फर्कदैछ । कुवेतमा नेपालले खेलेका तीन खेल मध्य एक खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ ।
नेपाली टिमले चाइनिज ताइपेईलाई २-० गोल अन्तरले पराजित गर्दै तालिकामा ६ अंक बनाउन सफल भयो । त्यसपछि जोर्डन र अस्ट्रेलियासँग नेपाली टिमले समान ३-० गोल अन्तरले पराजय भोग्न बाध्य भयो ।
विश्वकप छनोट चरणबाट बाहिरिसकेको नेपालले एशियन कपको छनोटका लागि प्लेअफ खेल्नेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij