Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आरोहीको थप उपचार भारतमा

आरोहीको थप उपचार भारतमा

  • 241
    SHARES
  • आरोहीको थप उपचार भारतमा

    काठमाडौं । नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका चार जनालाई थप उपचारका लागि भारत लगिएको छ ।

    हिमाल आरोहणका क्रममा उद्धार गरिएका चार जनालाई थप उपचारका लागि आज भारतको नयाँ दिल्लीस्थित आर एण्ड आर अस्पतालमा पठाइएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

    उनीहरूमध्ये तीन जना सगरमाथा आरोही हुन् भने एक जना ल्होत्से हिमाल आरोहण दलमा संलग्न आरोही एक हुन् ।

    चार जना सगरमाथा र एक जना ल्होत्सेबाट उद्धार गरिएकामा एक जना समान्य उपचारपछि घर फर्किसकेका छन् भने बाँकी चार जनालाई थप उचारका लागि नयाँ दिल्ली लगिएको हो ।

    सगरमाथाको दोस्रो आधार शिविरमा म्यानेजर तथा कुकको जिम्मेवारीमा रहनुभएका ओखलढुङ्गा निवासी शेर्पा सरदार आङकाजी शेर्पाको सव अन्त्येष्टि गर्नुअघि बौद्ध गुम्बामा धार्मिक परम्पराअनुरुप १४ जना लामा गुरुद्वारा शान्ति पाठ गरिएको छ ।

    उनको शव आधार शिविरबाट सोमबार काठमाडौं ल्याएपछि परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिएको थियो । बौद्ध परम्पराअनुसार उपयुक्त साइतमा उहाँको पार्थिव शरीर बुधबार टेकुमा अन्त्येष्टि गरिने छ ।

    यस पटकको सफा हिमाल अभियानमा लक्ष्यभन्दा बढी नै फोहर संकलन भएको प्रवक्ता भण्डारीले बताउनुभयो । यस पटक ३५ टनको लक्ष्य थियो ।

    संकलित फोहरमध्ये कुहिने फोहर त्यसै क्षेत्रमा व्यवस्थापन गरिने छ भने नकुहिने फोहर काठमाडौं ल्याइने छ । पूर्वनिर्धारित कार्यक्रमअनुरुप उपलब्ध साधन स्रोत र खर्चका आधारमा संकलित फोहर व्यवस्थापन गरिने छ ।

    अभियानमा संलग्न प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको टोली सगरमाथा आधार शिविरमा रहेको टोली फोहर संकलनको काम सकेर फर्कने क्रममा छ ।

    त्यहाँ संकलन फोहर सेवा प्रदायक कम्पनीले हवाई साधन र अरु साधनको प्रयोग गरी नजिकको विमानस्थलमा पुर्याउने र त्यसपछि आवश्यकताका आधारमा सडक  र हवाई यातायातमार्फत काठमाडौंमा ल्याइने छ ।

    विश्व वातावरण दिवसका अवसरमा जुन ५ मा औपचारिक कार्यक्रम गरी अभियानको समापन हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आरोही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij