Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

डोरमणि र अष्टलक्ष्मीले दिए एकताको सन्देश 

डोरमणि र अष्टलक्ष्मीले दिए एकताको सन्देश 

  • 1.8K
    SHARES
  • डोरमणि र अष्टलक्ष्मीले दिए एकताको सन्देश 

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीले कारबाही गरेर निष्काशनमा परेका वरिष्ठ नेता माधव नेपालबीच आरोप प्रत्यारोपणका कारण एमाले एकता नै संकटमा पर्न लागेको छ ।

    यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री ओलीपक्षीय डोरमणि पौडेल र वरिष्ठ नेतृ तथा बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य आपसमा मिलेर एमाले एकताको सन्देश दिएका छन् ।

    अन्य प्रदेशमा एमालेको सरकार रक्षात्मक अवस्थामा पुगेको समयमा बागमती प्रदेशमा ओली र नेपालनिकट यी दुई शीर्ष नेताको मेलमिलापले एमाले एकताको नयाँ सम्भावना पनि देखाएको छ ।

    सत्तारुढ एमालेका सांसदहरु मिलेर शनिबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रदेशसभाबाट पारित गराए ।

    मतदानअघि मुख्यमन्त्री पौडेल र शाक्यले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रमको पक्षमा मत हाल्न ह्विप जारी गरेपछि कोही सांसदले त्यसको उल्लंघन र फ्लोरक्रस गरेनन् । 

    योसँगै बागमती प्रदेशमा ओलीपक्ष र नेपालपक्षको मेलमिलापपछि प्रदेश सरकार सुक्षित बनेको छ । 

    तत्कालीन नेकपाकालमा शाक्यले पौडेलेको विकल्प खोज्नुपर्ने अडान राखेपछि बागमती प्रदेशसभाभित्रको अंकगणित गन्न सुरु भइसकेको थियो ।

    शाक्यको नेतृत्वमा वैकल्पिक सरकार बनाउन भन्दै सरकारविरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरिएका थियो । तर, मुख्यमन्त्रीकी आकांक्षी शाक्यले अहिले मुख्यमन्त्री डोरमणि पौडेललाई सघाएपछि यसको सकारात्मक तरंग केन्द्रसम्म पुगेको छ ।

    १ सय १० प्रदेश सांसद रहेको यो प्रदेशमा एमालेको एकल बहुत छ । सदस्यमध्ये तत्कालीन नेकपाका मात्रै ८० जना थिए । उनीहरुमध्ये एमालेका ५७ र माओवादीका २३ सांसद छन् । बहुमतका लागि ५६ सांसद आवश्यक पर्ने हुँदा एमाले एक्लैको संख्या पर्याप्त छ ।

    तर, एमालेभित्र नेपाल पक्ष अलगिएको अवस्थामा भने पौडेल अल्पमतमा पर्छन्, प्रदेशमा नेपाल पक्षका १५ जना सांसद छन् । प्रधानमन्त्री ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि नेपालपक्ष बाहिरिएपछि बागमती प्रदेश सरकार संकटमा परेको थियो । 

    प्रधानमन्त्रीको सो कदमपछि १० पुसमा ४५ जना सांसदको हस्ताक्षरसहित सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश भयो भने माओवादी र माधव नेपाल पक्षधर तीन जना मन्त्रीले राजीनामा दिएका थिए ।

    पौडेल र शाक्यपक्षका सांसदबीच यसअघि ललितपुरमा छलफल भएको थियो, उक्त छलफलमा शाक्यले आफूहरु एमालेको एकताकै पक्षमा रहेको बताएकी थिइन् ।

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology