Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भारतमा काेराेना संक्रमणकाे दर निरन्तर घट्दै

भारतमा काेराेना संक्रमणकाे दर निरन्तर घट्दै

  • 613
    SHARES
  • भारतमा काेराेना संक्रमणकाे दर निरन्तर घट्दै

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ८३४ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । दैनिक संक्रमित भेटिएको यो ७१ दिनयताकै कम हो ।

    भारतमा लगातार ३१ दिनदेखि नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढी छ । २४ घण्टाभित्र एक लाख ३२ हजार ६२ जना संक्रमित निको भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    संक्रमित हुनेभन्दा निको हुने बढ्दै गएकाले सक्रिय संक्रमितको संख्या पनि निकै घटेको छ । हाल भारतमा १० लाख २६ हजार १५९ जना सक्रिय संक्रति छन् । कोरोनाको दोस्रो लहरबाट सर्वाधिक प्रभावित भारतमा सक्रिय संक्रमित ४० लाखसम्म पुगेका थिए ।

    त्यसैगरी यो अवधिमा तीन हजार तीन सय तीनजनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । हालसम्म भारतमा तीन लाख ७० हजार ३८४ जनाले संक्रमणकै कारण मृत्युवरण गरेका छन् । 

    अहिले भारतमा संक्रमण निको हुने दर ९५ दशमलव २६ प्रतिशत पुगेको छ । त्यसैगरी दैनिक संक्रमित दर पनि पछिल्लो २० दिनदेखि १० प्रतिशत घटेको छ । 

    ३७ करोडको परीक्षण २५ करोडलाई खोप 
    भारतमा कोरोना संक्रमण फैलिएपछि परीक्षणलाई पनि तीब्रै बनाइएको छ । दैनिक लाखौंको नमुना परीक्षण गरेर भारतले कोरोना नियन्त्रणमा भूमिका खेलेको थियो । अहिलेसम्म भारतमा ३७ करोड ८१ लाखजनाको नमुना परीक्षण भइसकेको छ ।

    त्यसैगरी कोरोना भाइरसको जोखिमबाट बच्न खोप नै प्रभावकारी भएको देखिएपछि भारतले खोप अभियानलाई पनि तीब्र बनाएको छ । भारतमा अहिलेसम्म २५ करोड ३१ लाखजनाले खोप लगाइसकेका छन् । यद्यपी भारतमा कतिपय स्थानमा खोप लगाउन पुगेको चिकित्सकलाई लखेट्ने देखि खोप टोली पुग्दा गाउँले भाग्ने सम्मका काम भएका छन् । 

    संक्रमणदर सुस्त भएसँगै काेराेना भाइरसकाे घातक लहरकाे त्रास पनि विस्तारै कम हुँदै गएकाे छ । दिल्ली, मुम्बई, बिहारलगायतका विभिन्न स्थानमा प्रतिबन्धहरू खुकुलाे बनाइएकाे छ ।

    दाेस्राे लहरबाट बढी प्रभावित महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, सहित कम प्रभावित अन्य राज्यहरू पंजाब, जम्मू कश्मीर, लद्दाख, उत्तराखण्ड, अरुणाचल प्रदेश, सिक्किम, मेघालय, नागाल्यान्ड, असम, मणिपुर, त्रिपुरा, आंध्र प्रदेश र गुजरातमा आशिंक लकडाउन छ ।

    देशका १२ राज्यहरू हिमाचल प्रदेश, झारखण्ड, छत्तीसगढ़, ओडिशा, कर्नाटक, केरला, तमिलनाडु, मिजोरम, गोवा, तेलंगाना, पश्चिम बंगाल र पुडुचेरीमा पूर्ण लकडाउन जारी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij