Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि नछाड्न गगन थापाको आग्रह

शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि नछाड्न गगन थापाको आग्रह

  • 46
    SHARES
  • शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि नछाड्न गगन थापाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् ।

    images

    बुधबार प्रतिनिधिसभाको बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले आफ्नै मान्छे तानिने हो कि भन्ने लाग्न थालेको उल्लेख गरेका छन् ।

    उनले अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेको भन्दै जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको अनुसन्धान गरेर कानुनी दायरामा ल्याउनु पर्ने बताए ।

    उनले भने,‘भुटानी शरणार्थी प्रकरण हाम्रो अगाडि यसरी आएको छ, यो विषयलाई राम्रो तरिकाले टुङ्गायो भने सरकारको वाचा पूरा हुन्छ । अहिले जसरी नामहरु आउँन थालेको छ । यो एकप्रकारको लाज पनि पचाएको जस्तो छ । को को परेको को को नपरेको सुन्दा सुन्दै अलिपछि जाँदा आफ्नै वरिपरिको, देखिरहेका मानिसहरु पनि तानिदैँ जाने हो कि भनेर जस्तो लागेको छ तर यसमा सरकारको परीक्षा हेर्नुस् । अनुसन्धान कसरी भइरहेको छ सबै नागरिकले हेरिरहेका छन् । चाहे त्यो सलाम गर्ने मान्छे होस् त्यो सलामी लिने मान्छे होस्, जसलाई छोएको छ, जसको नाम आएको छ, त्यसको फेयर अनुसन्धान हुनुपर्छ ।’ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology