Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

नेपालमा निर्वाचन प्रणाली खर्चिलो भयाे : रास्वपा सभापति लामिछाने

नेपालमा निर्वाचन प्रणाली खर्चिलो भयाे : रास्वपा सभापति लामिछाने

  • 42
    SHARES
  • नेपालमा निर्वाचन प्रणाली खर्चिलो भयाे : रास्वपा सभापति लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा निर्वाचन प्रणाली खर्चिलो भएको बताएका छन् ।

    images

    सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद लामिछानेले को–को कसरी सांसद भएर प्रतिनिधिसभामा आएका छन्, त्यो छर्लङ्ग भएको बताए ।

    उनले भने,‘निर्वाचन प्रणाली खर्चिलो छ । सम्झिएर छातीमा हात राखेर भन्नुस त यो निर्वाचन प्रणलीबाट कयौं पार्टीहरुमा टिकट पाउनका लागि कति पैसा बुझाउनु पर्यो ? चुनावमा जान कति खर्च गर्नु पर्याे । अनि त्यो पैसा कहाँबाट असुल उपर हुन्छ । यहाँ ठूलो ठूलो कुरा गर्ने कैयौं माननीयज्यूहरुले पनि कुन ढंगले राजनीतिक यात्रा अगाडि बढाउनु भयो र कुन बाटो हुँदै संसद आउनु भयो भन्ने कुरा छर्लङ्ग छ । त्यसैले यो अत्यन्त खर्चिलो निर्वाचन प्रणाली छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology