Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

नेप्सेमा १६ अंककाे वृद्धि

नेप्सेमा १६ अंककाे वृद्धि

  • 47
    SHARES
  • नेप्सेमा १६ अंककाे वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अंकमा कायम भएको हो ।

    images

    यसदिन दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिदबिक्री हुँदा एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ ।

    आज वित्त, जलविद्युत् र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः सात दशमलव ४५, सात दशमलव ५१ र शून्य दशमलव ०३ अंकले घटेको छ ।

    अरु सबै समूहको उपसूचक भने बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक दुई सय २० दशमलव ६६ र होटल तथा पर्यटन समूहको उपसूचक एक सय ७१ दशमलव ४७ अंकले बढेको छ ।

    आज बैंकिङ समूह दुई दशमलव १५, विकास बैंक शून्य दशमलव ३०, लगानी शून्य दशमलव ३४, जीवन बीमा एक सय २० दशमलव २० र लघुवित्त समूह ७७ दशमलव ११ अंकले बढेको छ ।

    त्यसैगरी, निर्जीवन बीमा समूह एक सय २१ दशमलव ४५, व्यापार समूह ३५ दशमलव १५ र अन्य समूह २१ दशमलव ०९ अंकले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

    सबैभन्दा धेरै गुमाउनेमा भने सानिमा इक्विटी फण्डको शेयर मूल्यमा तीन दशमलव ७७ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १४ करोड ६४ लाख ९१ हजार बराबरको तीन लाख २६ हजार ३४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology