Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रुकुमपश्चिम जिप दुर्घटना अपडेट : पाँच जनाको अवस्था गम्भीर

रुकुमपश्चिम जिप दुर्घटना अपडेट : पाँच जनाको अवस्था गम्भीर

  • 232
    SHARES
  • रुकुमपश्चिम जिप दुर्घटना अपडेट : पाँच जनाको अवस्था गम्भीर

    रुकुम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन ।

    प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जिपमा १५ जना सवार थिए ।

    सानीभेरी गाउँपालिका-५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij