Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

वनस्पति नासिँदै गएपछि पुष्परसको अभावले म्याग्दीमा मह उत्पादन घट्याे

वनस्पति नासिँदै गएपछि पुष्परसको अभावले म्याग्दीमा मह उत्पादन घट्याे

  • 45
    SHARES
  • वनस्पति नासिँदै गएपछि पुष्परसको अभावले म्याग्दीमा मह उत्पादन घट्याे

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ ।

    images

    बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ ।

    त्यसैगरी वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका कारण विभिन्न किसिमका रोगकीराको प्रकोप देखिन थालेका ज्यामरुककोटका मौरीपालक किसान बलबहादुर घिमिरेले बताए ।

    गत आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाका विभिन्न स्थानमा किसानले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष जम्मा १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

    जिल्लामा रहेका दुई हजार पाँच सयवटा मौरीका आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जानकारी दिए ।

    विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा आर्थिक वर्ष २०७९/८० मा १७ हजार ६ सय केजी मह उत्पादन भएको हो ।

    पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसान भने चिन्तित बनेका छन् ।

    मौरीले एक पटकको विचरणमा एकै जातका बालीका फूलमा मात्रै विचरण गरी परागसेचन गर्ने मौरी विशेषज्ञ बताउँछन् । जुन क्रियाले पृथ्वीको आधारभूत पारिस्थितिक प्रणाली कायम रहेको उनीहरुको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology