Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

भारतीय सिने क्षेत्रका कलाकार सहभागी हुने क्याप्टिभेटिङ अवार्ड्स काठमाडौंमा आयोजना हुँंदै

भारतीय सिने क्षेत्रका कलाकार सहभागी हुने क्याप्टिभेटिङ अवार्ड्स काठमाडौंमा आयोजना हुँंदै

  • 431
    SHARES
  • भारतीय सिने क्षेत्रका कलाकार सहभागी हुने क्याप्टिभेटिङ अवार्ड्स काठमाडौंमा आयोजना हुँंदै

    काठमाडौं । जुन ४ मा प्रसिद्ध भारतीय सिने कलाकारहरुको उपस्थितिमा क्याप्टिभेटिङ क्रियसन अवार्ड्स २०२३ को आयोजना काठमाडौंमा हुने भएको छ ।

    images

    सो कार्यक्रममा नेपालमा पत्रकारिता, कलाकारिता र नव प्रवर्तनात्मक व्यावसायिकतामा उल्लेख्य योगदान गरेका व्यक्तित्वहरुलाई क्याप्टिभेटिङ क्रियसन अवार्ड्स प्रदान गरिनेछ । सो कार्यक्रमका लागि चर्चित सिने अभिनेत्री भाग्य श्री, खलनायक रंजीत, विन्दु दारासिंहलगायत १० भन्दा बढी ख्यातिप्राप्त कलाकारहरु जुन २ मै काठमाडौ आइपुग्ने छन् । 

    Capivatind-press-meet.jpg
    अवार्ड्स आयोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन

    उक्त अवार्डस समारोह काठमाडौको होटल र्‍याडिसनमा हुने अवार्ड्स समारोहको मुख्य प्रायोजक फर्न इभेन्ट्सका मेनेजिङ डाइरेक्टर हर्ष छब्बेरले बताए। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अनलाइन मार्फत जोडिएका बिन्दु दारासिंहले आफू एघारौं पटक नेपाल आउने अवसर जुरेकोमा उत्साहित भएको बताए।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology