Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

गोली हानी ज्येष्ठ नागरिकको हत्या

गोली हानी ज्येष्ठ नागरिकको हत्या

  • 54
    SHARES
  • गोली हानी ज्येष्ठ नागरिकको हत्या

    रौतहट । देवाही गोनाही नगरपालिका-१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ । पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    images

    बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसले उनलाई गोली हानेर हत्या गरेकोबारे यकिन हुनसकेको छैन । तैयबको शव घरबाट करिब एक किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ ।

    उनको शव प्रादेशिक अस्पताल गौरमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको तथा यस घटनाबारे अनुसन्धान सुरु गरिएको र परीक्षणको रिर्पोट आएपछि यसबारे थप जानकारी प्राप्त हुने प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology