Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

  • 46
    SHARES
  • जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

    दाङ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।

    images

    मृत्युहुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

    जीपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको नायब उपरीक्षक मल्लले बताए ।

    आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा७प ४२३७ नं को स्कुटरलाई दङ्गीशरण गाउँपालिका-५ कमलगढीमा ठक्कर दिएको हो ।

    शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउँथिन । उनलाई विद्यालयमा जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology