वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने तयारीका लागि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक केही बेरमा कस्दै छ ।
उपत्यकामा जारी निषेधाज्ञाको विषयमा निर्णय लिनका लागि आइतबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्न लागेकाे हाे ।
आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर निषेधाज्ञा थप गर्ने अथवा हटाउने भन्ने विषयमा निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेका भाडा पसल, पुस्तकालय, कस्मेटिक, फेन्सी पसलहरुका लागि समय पनि अब समय तोकेर सुचारु गराउने प्रशासनको तयारी छ । निजी सवारीमा जोरबिजोरको व्यवस्था गर्ने विषयमा पनि छलफल भइरहेको छ ।
१८ जेठमा बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जेठभर निषेधाज्ञा थप्ने निर्णय गरेर लागु गरेको निषेधाज्ञा सोमबार मध्यरातदेखि सकिँदै छ । जारी निषेधाज्ञाको समय सकिन लाग्दा आइतबार फेरि प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij