Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

  • 196
    SHARES
  • जीपको ठक्करबाट शिक्षिकाको मृत्यु

    दाङ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

    जीपको ठक्करबाट सख्त घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

    आज बिहान १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नं को जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नं को स्कुटरलाई दंगीशरण  गाउँपालिका-५ कमलगढीमा ठक्कर दिएको हो ।

    शिक्षिका सीता शान्तिनगरस्थित धनौरी माविमा पढाउथिन् । उनलाई  विद्यालयमा  जाने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij